• बैशाख २२ २०८३, मंगलवार

अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौँ। अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ। गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार किटानी जाहेरी दिएकि हुन्।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ ।

अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।