• बैशाख २२ २०८३, मंगलवार

बिहीबारको संसद् बैठकमा एमसिसीबारे छलफल हुने

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौँ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल हुने भएको छ। संघीय संसद् सचिवालयले बुधबार सार्वजनिक गरेको कार्यसूची अनुसार अमेरिकी सहयोग परियोजना (एमसिसी)विषयमा छलफल अघि बढ्ने उल्लेख छ।

‘माननीय अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने’, सम्भावित कार्यसूचीमा भनिएको छ ।

यस्तै भोलिकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद् बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आइतबारको बैठकमा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता पेस गरेका थिए।