काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसिसीको समर्थनमा छ ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी प्रस्तावमाथि छलफल हुँदैछ । संसद् सचिवालयले भोलि एमसिसीमाथि छलफल हुने कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । त्यसैले भोलिको संसद बैठक एमसिसीका लागि निर्णायक हुन सक्ने भन्दै लोसपाले पक्षमा मत दिने निर्णय गरेको हो ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस एमसिसीको पक्षमा छ भने अन्य दलले निर्णय लिन बाँकी छ ।