• बैशाख २२ २०८३, मंगलवार

वरिष्ठ कलाकार जयनन्द लामाकाे निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । उनले आज ट्वीट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति बेहाेर्नुपरेकाे उल्लेख गरेकी छन् । दुःखको यस घडीमा स्व. लामाप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन्।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्वीट गर्दै गायक लामाको निधनबाट देशले गीतसङ्गीत, चलचित्र एवम् हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गरेका छन् । उनले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा निधन भएको थियो ।