• बैशाख १७ २०८२, बुधबार

माओवादी नेता पुन खुमलटारमा

माघ ११ २०७८, मंगलवार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगेका छन् । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएका पुन आज बिहान खुमलटार पुगेका हुन् ।

प्रचण्डले स्वागतसँगै पुनको पूर्ण स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ । साथै,सो भेटमा समसामयिक राजनीतिक अवस्था र पार्टीका कामबारे पनि कुराकानी भएको जनाइएको छ।

पुन पार्टीभित्र महासचिव पदकाका दाबेदार हुन् । सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वाभाविक भएको बताएका थिए ।