• बैशाख १७ २०८२, बुधबार

माओवादी नेता वर्षमान पुन स्वदेश फर्किए

माघ १० २०७८, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन करिब चार महिनाको उपचारपछि स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गरेका थिए ।

हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गो विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्कएका हुन् ।