• बैशाख ६ २०८२, शनिबार

पोखरा विश्वविद्यालयको पनि सबै परीक्षा स्थगित

माघ १० २०७८, सोमबार

पोखरा । पोखरा विश्वविद्यालयले सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक प्रा.तुलसीराम भण्डारीले जारी गरेको सूचनामा भनिएको छ, ‘ कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्‍यनजर गर्दै यस विश्वविद्यालयअन्तर्गत माघ मसान्तसम्‍म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्‍मका लागि स्थगित गरिएको व्‍यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ ।’

विज्ञप्ति