काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सदर चिडियाखाना एक साताका लागि बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार तत्काललाई एक हप्ताको लागि चिडियाखाना बन्द गरिएको चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिइन् ।उनका अनुसार एक हप्तापछि अवस्था हेरेर फेरि निर्णय हुनेछ।
अघिल्लो हप्ता मात्र चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाउने नियम बनाइएको थियो । तर सङ्क्रमण बढ्दै गएपछि चिडियाखाना बन्द गरिएको हो ।