• बैशाख १७ २०८२, बुधबार

टेकु अस्पतालमा खोप अभियान स्थगित

माघ ९ २०७८, आईतवार

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि खोप अभियान स्थगित गरिएको हो ।

भोलि सोमबारदेखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको अस्पतालद्वारा आइतबार जारी सूचनामा उल्लेख छ।