काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण भएको छ । कोरोना पुष्टि भएसँगै उनको स्वास्थ्यस्थिती जटिल रहेकोले आइसीयूमा राखेर उपचार भइरहेको बताइएको छ ।
दुई दिन अघि गरिएको पिसीआर परीक्षणमा उनको कारोना पोजेटिभ आएको बताइएको छ । हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
सीता दाहाल लामोसमयदेखि स्वास्थ्य समस्यमा छिन् ।