काठमाडौँ। । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका- १ की ७ वर्षीया युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका– १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । त्यस्तै घाइते हुनेमा देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला रहेका छन्।
घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी पठाउने तयारी भइरहेको छ ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको बोलेरो जिप बाटो माथीबाट ढुंगा खसेर लाग्दा दुर्घटना भएको हो । जिपमा ६ जना यात्रु सवार थिए ।