• बैशाख १७ २०८२, बुधबार

मन्त्री यादवको अभिव्यक्ति पदीय मर्यादाविपरित हो : प्रदिप पौडेल

माघ ८ २०७८, शनिबार

काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति पदीय मर्यादाविपरित रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत शनिबार पौडेललले मन्त्री यादवको अभिव्यक्तिप्रति यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत छ। फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर, शैली मर्यादित हुनुपर्छ। हिंसालाई प्रोत्साहन दिने, द्वन्द निम्त्याउने अभिव्यक्ति सामाजिक र कानुनी रूपमा अपराध हुन् । अझ जिम्मेवार ब्यक्ति बाट यस्ता अभिव्यक्ति आउनु पदीय मर्यादाविपरित हो’।

मन्त्री यादवले रौतहटमा एक सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई लक्षित गर्दै हिंसा भड्काउने अभिव्यक्ति दिएकी थिइन् ।