• बैशाख १७ २०८२, बुधबार

माओवादी नेता पुन सोमबार स्वदेश फर्किदै

माघ ८ २०७८, शनिबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन सोमबार स्वदेश फर्किने भएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू स्वदेश फर्किन लागेको जानकारी गराएका हुन् । बैंकक र चीनको लामो उपचारपछि स्वास्थ्य लाभ गरेर नेपाल फर्किन लागेको उनको भनाइ छ।

नेता पुनले फेसबुकमा लेखेका छन,‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किदैछु।’

गत असोज १३ गते पुन उपचारका लागि थाइल्याण्ड गएका थिए। लामो समयदेखि कमलपित्त रोगबाट पीडित पुन थाइल्याण्डबाटै मंसिर २० गते थप उपचारका लागि चीन गएका थिए।