• बैशाख १७ २०८२, बुधबार

माओवादी केन्द्रकाे बैठक : तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल

माघ ८ २०७८, शनिबार

काठमाडौँ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको शनिबार बिहान बसेको बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु बसेको बैठकमा आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको बताइएको छ ।

आजको बैठकमा स्थानीय, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्ने सम्बन्धमा छलफल भएको माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका जानकारी दिए।

उनका अनुसार आजको बैठक अनौपचारिक हो । यसमा पार्टी अध्यक्ष प्रचण्डले आगामी चुनावहरुबारे आफ्नो धारणा व्यक्त गरे । यससँगै प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डले निर्वाचन आयोगसँग छलफल गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।