काठमाडौं ।
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं १२ निवासी मानबहादुर खत्रीको भारतको गोवामा बुधबार माघ ५ गते मृत्यु भएको छ l
५५ वर्षिय मानबहादुर विगत एक महिना देखि गोवा मेडिकलमा कलेजमा उपचार गराउंदै आएका थिए । उनी प्यारालाइसेस बिमारबाट पिडित भएको छोरी दिपिका केसीले बताइन् ।
२०२३ सालमा बुवा नन्दलाल खत्री आमा सर्किनि खत्रीको कोखबाट जन्मिएका मानबहादुर श्रीमती पविता खत्री र छोरा र छोरी गरि सात सन्तानका अभिभावक थिए,जसका पाँच छोरी र दुई छोरा छन् । उनको सब परिवार विगत केही वर्ष देखि भारतको गोवामा बस्दै आएको थियो ।
उपचारको लागि गोवामा गएका मृतक मानबहादुरलाई बचाउको लागि धेरै पर्यास गरेका थियौं तर लाख कोशिस गर्दाखेरिपनि बचाउन नसकिएको छोरी दिपिका केसीले दुख वर्षाएकि छिन । उनको आजै अन्त्येष्टि गरिएको छ ।
[