• मंसिर १३ २०८१, बिहीबार

कपालको चायाँ यसरी हटाउनुहोस्

माघ ५ २०७८, बुधबार

कपालमा चायाँ पर्ने समस्या धेरैलाई हुन्छ । बजारमा चायाँ हटाउने श्याम्पुहरू पनि प्रशस्तै भेटिन्छन् तर श्याम्पुले पूर्णतः चायाँ हटाउन सक्दैनन् । घरेलु उपायबाट पनि चायाँको समस्या हटाउन सकिन्छ । चायाँ हटाउने घरेलु उपाय:

१. कालो माटो कपालका लागि राम्रो मानिन्छ । दुई घन्टा कालो माटोलाई पानीमा भिजाएर कपाल धुनुस् । कपाल मुलायम पनि हुन्छ अनि चायाँ पनि हट्छ ।

२. दहीमा बेसन घोलेर कपालको जरासम्म पुग्नेगरी धुनुस् । यसो गर्दा कपाल चम्किलो हुन्छ अनि चायाँ पनि हराउँछ ।

३. काँचो अण्डा फुटाएर एक घण्टा जति कपालमा राम्रोसँग दलेर त्यतिकै रहन दिने । त्यसपछि त्यसलाई पखाल्ने । त्यसपछि हल्का सेम्फु प्रयोग गर्न सकिन्छ ।

४. धूलो र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्नु पर्दछ ।
५. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँदा पनि चायाँ हट्दै जान्छ ।