• मंसिर १३ २०८१, बिहीबार

सरकारले कोरोना परीक्षण शुल्क घटायो, अरु के-के गर्यो ?

माघ ५ २०७८, बुधबार

काठमाडौं । कोरोना संक्रमणको लक्षण देखिएको छ भने ५ दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न र त्यसपछि परीक्षण गराउन सरकारले आग्रह गरेको छ । संक्रमण आशंका भएकाले परीक्षण गराएको छैन भने ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले लक्षण देखिएका व्यक्तिहरुको चिकित्सकको परामर्शको आधारमा सरकारी प्रयोगशालामा निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए ।
सीमा नाकाहरुमा नेपाल प्रवेश गर्ने यात्रुहरुलाई पनि निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको बताए । लक्षण नदेखिएकाहरुले परीक्षण गराउन चाहेमा भने सरकारी प्रयोगशालामा यसअघि लिइँदै आएको १ हजार रुपैयाँलाई समायोजन गरेर हाल ८०० रुपैयाँ लिने निर्णय भएको बताए ।

यस्तै निजी प्रयोगशालामा बढीमा २ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्थालाई अहिले बढीमा १,५०० रुपैयाँ तिर्नुपर्ने निर्णय भएको बताए ।