• बैशाख १७ २०८२, बुधबार

काठमाडौँ उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक

माघ ४ २०७८, मंगलवार

काठमाडौँ। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् ।

देशव्यापीरुपमा बढ्दै गएको कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजा अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए। उनका अनुसार यो रोक माघ मसान्तसम्म लागू हुनेछ।

यसैगरी माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने निर्णय पनि तीनै प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन्।