काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर तल्लो तहमा ३ पद थप्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय सोमबार राजपत्रमा प्रकाशित भएसँगै नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने निर्णय कार्यान्वयनमा आएको हो ।
मन्त्रिपरिषद्ले प्रहरी नियमावली–०७१ लाई संशोधन गरेर तल्लो तहमा थपेको तीन पद- सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र बरिष्ठ प्रहरी नायव निरीक्षक पद हुन् ।
अहिले कायम हवल्दार भन्दा तल सहायक हवल्दार र माथि बरिष्ठ हवल्दार तथा इन्सपेक्टर भन्दा तल वरिष्ठ प्रहरी नायव निरीक्षक (बरिष्ठ सई) दर्जा थप गर्ने निर्णय गरिएको छ ।