• बैशाख १७ २०८२, बुधबार

नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जना पक्राउ

माघ ३ २०७८, सोमबार

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई पक्राउ गरेको छ।

आइतबार बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको हो भने एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोट समेत बरामद गरिएको छ।

पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रेजा छन्।

दुवैजनालाई बरामद रुपैयाँ, नक्कली नोट छाप्ने कागज तथा कारसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको जनाएको छ ।