• मंसिर १३ २०८१, बिहीबार

ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

माघ ३ २०७८, सोमबार

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा केही दिन यता गरिएको परीक्षणमा ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

चिकित्सक, नर्स, प्यारामेडिक्स, प्रयोगशालाकर्मी गरेर ५२ जनामा संक्रमण पुष्टि भएको ट्रमाका निर्देशक डा. प्रमोद जोशीले बताए ।

ट्रमाको आइसीयू युनिटका ७ जना, ल्याबका ७ जना, फिजियोका ६ जना, वार्डहरुमा कार्यरत १० जनालगायत प्रशासन र अन्य विभागका गरी आजसम्म संक्रमितको संख्या ५२ पुगेको हो । डा. जोशीले संक्रमित सबैजना होम आइसोलेसनमा रहेको जानकारी दिए ।