• बैशाख १७ २०८२, बुधबार

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

माघ ३ २०७८, सोमबार

काठमाडौँ। प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।

सोमबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत जनकपुर राजधानी बनाउनुपर्ने पक्षमा परेकाले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

प्रदेशसभा भएका १ सय ४ कुल सदस्यमध्ये ९९ जना मात्र मतदानमा सहभागी भएका थिए । ९९ जनामध्ये जनकपुरधाम राजधानीको पक्षमा ७८ मत खसेको र उक्त संख्या दुई तिहाइ बहुमतभन्दा धेरै भएकोले प्रस्ताव पारित भएको सभामा जानकारी गराइएको थियो ।

जनकपुरधाममा दुई तिहाइभन्दा धेरै बहुमत परेकाले वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव स्वतः निस्क्रिय भएको छ ।