• फाल्गुन ३० २०८२, शनिबार

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

माघ २ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकार नेतृत्वको ६ महिना पुगेको अवसरमा आफू नेतृत्वमा आएसँगै जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा जानकारीसहित प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री देउवाले सोमबार वा मंगलबार सम्बोधन गर्ने जनाइए पनि मिति भने तोकिसकिएको छैन ।

गत पुस २९ गते नै सरकारले ६ महिना पूरा गरेको भएपनि विभिन्न कारणले गर्दा सम्बोधन हुन सकेको थिएन । प्रधानमन्त्रीले सम्बोधनमा सरकारका उपलब्धि, पारिस्थितिक विवशता र चुनौतीका विषयलाई समेट्ने जनाइएको छ ।