काठमाडौँ। नेपालले अफगानिस्तान पठाएको मानवीय सहायता सामग्री हस्तान्तरण गरिएको छ। आइतबार सहयोग सामग्री लिएर परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वमा एक प्रतिनिधिमण्डल काबुल पुगेको थियो।
काबुल विमानस्थलमा लम्सालले सहयोग सामग्री संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि डा. रमिज अलकबरोवलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले बताएको छ।