• बैशाख १६ २०८२, मंगलवार

महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनियोस् : मन्त्री शशि श्रेष्ठ

माघ १ २०७८, शनिबार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनुपर्ने बताएकी छन् ।

शुक्रबार साझा प्रकाशनको २५ औं वार्षिक साधारणसभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले यस्तो तर्क गरेकी हुन्।

 ‘नेपालका हरेक पक्ष पुरुषको दृष्टिकोणबाट मात्र हेरिएको छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने कल्पना गरिएको छैन। पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी मात्रै भनिएको छ। महिला मन्त्रीको पतिलाई के भन्ने? त्यो छैन। त्यसैले अबदेखि महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनेर शब्दकोशमा राखियोस्।’

नेपाली वाङ्मयबम साधकहरूले पुरुषप्रधान मानसिकताबाट मात्रै सोच्दा महिला मन्त्रीको कल्पना नगरिएको उनको भनाई थियो।

कोषका प्राध्यापक नीलमणि ढुङ्गानाद्वारा शव्दकोश लेखेका हन्।