कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटना भएको छ ।
महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो ।
मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले पुष्टि गरेका छन्। धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्ने क्रममा बा ४ च १३७७ को गाडीले ठक्कर दिएर अनियन्त्रीत भएकाे कारले मन्त्री आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।
मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका हुन्। ठक्कर दिने गाडीमा सवार सबै यात्रु सकुसल जनाइएको छ।