कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि नियन्त्रणका लागि कडाइ गरिएको हो । ७२ घन्टाभित्र परीक्षण गरेको रिपोर्ट नेगेटिभ भएकाले मात्रै नेपाल प्रवेश पाउने भएका हुन् । यस्तै, पूर्ण खोप लगाएको यात्रुले मात्रै वायुसेवा बोर्डिङ पास जारी गर्न अध्यागमन विभागले मन्त्रालयले निर्देशन दिएको छ ।
यसैगरी, दक्षिण अफ्रिका लगायतका देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिन आइसोलेसनको व्यवास्था लागू गर्न समेत गृह मन्त्रालयले निर्देशन दिएको छ । यस्तै, विभागले ट्राभल एडभाइजरी जारी गर्दा गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न पर्ने भएको छ ।