• मंसिर १३ २०८१, बिहीबार

शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण

पुष २६ २०७८, सोमबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना सङ्क्रमण भएको छ ।

रुघा–खोकी लागेपछि सोमबार बिहान पीसीआर परीक्षण गरेका पौडेलको कोभिड पोजेटिभ देखिएको हो ।

स्वास्थ्य अवस्था सामान्य रहेका पौडेल होम आइसोलेसनमा बसेको र दैनिक हुने भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।