• फाल्गुन २९ २०८२, शुक्रबार

स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्रमा सरकार लागेको छ : अध्यक्ष ओली

पुष २६ २०७८, सोमबार

काठमाडौँ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्। उनले आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागि रहेको बताए ।

सोमबार संखुवासभाको आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराइरहेको र लुटमारमा लागि परेको दावी समेत गरे । अध्यक्ष ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पु¥याउने खोजको तर्क गरे ।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल: सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन पनि सबैलाई अपिल गरे ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गरे ।

दक्षिणपन्थीहरुको सेवामा समर्पित सो पार्टीमा गएकाहरुलाई नअलमलिईकन एमालेमा आउनुपर्ने उनको भनाई थियो ।