• मंसिर १३ २०८१, बिहीबार

ओमिक्रोन नियन्त्रण: होटल, सिनेमा तथा हवाई यात्रामा खोपकार्ड अनिवार्य

पुष २५ २०७८, आईतवार

काठमाडौं । सरकारले ओमिक्रोन भेरियन्टको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नियन्त्रण गर्न सार्वजनिक स्थलहरुमा कडाई गरेको छ ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने होटल, सिनेमा तथा हवाई यात्रामा खोपकार्ड अनिवार्य गरेको छ ।

ओमिक्रोन भेरियन्टको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलहरुमा कडाई गरेको छ । सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने होटल, सिनेमा तथा हवाई यात्रामा खोपकार्ड अनिवार्य गरेको छ ।

सरकारले आन्तरिक हवाइ उडानमा यात्रामा माघ ३ गतेदेखि अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आज बसेको कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।