• फाल्गुन २९ २०८२, शुक्रबार

जनता र राष्ट्रलाई धोका दिन्न : सभामुख सापकोटा

पुष २५ २०७८, आईतवार

सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्र र जनतालाई धोका हुने काम नगर्ने बताएका छन् ।

गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारी संस्थाद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘देश र नागरिकको हित विपरित सदन र सडकबाट कुनै काम गर्न दिन्न’, सभामुख सापकोटाले भने, ‘जनता र राष्ट्रलाई धोका दिने काम मबाट हुँदैन ।’

जनताको मतबाटै सभामुखको जिम्मेवारीमा पुगेको जनााउँदै उनले जनताकोे विश्वास र भरोसालाई धोका नदिने बताए।