• जेष्ठ ४ २०८३, सोमबार

पर्साको जिरा भवानीमा नि:शुल्क आँखा शिविर सम्पन्न (तस्बिरहरु)

पुष २५ २०७८, आईतवार

काठमाडौँ । पर्सा जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर–२ सेढवा बिर्तामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो ।

अहमदिया संघ नेपालको आयोजना र व्यवस्थापनमा भएको सो आँखा शिविर कार्यक्रम सेढवा बिर्तामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङगणमा सम्पन्न भएको थियो । शनिबार आयोजना भएको शिविरमा प्रमुख अतिथिको रुपमा पूर्व संविधानसभाका सदस्य जयप्रकाश थारुले शिविर उद्घाटन गरेका थिए ।

कार्यक्रममा अतिथिको रुपमा संघका केन्द्रिय अध्यक्ष कमरुल होदा, गाउँपालिका अध्यक्ष रामप्रित महतो, वडा अध्यक्ष महदेव महतो लगायतको उपस्थिति रहेको थियो ।

आयोजित आँखा शिविरमा आर एम केडिया आँखा अस्पतालबाट ६ जना डाक्टर सहितको स्वास्थ्यकर्मीको समूह आएर दिनभर शिविरमा आएका मानिसहरुका आँखा परिक्षण गरेका थिए।

दिनभर चलेको आँखा शिविरमा विभिन्न उमेर समुहका ४५० जना मानिसको आँखा परीक्षण गरिएको थियो भने परीक्षणबाट १८० जनाको आँखामा मोतियाबिन्दुको समस्या देखिएकाले उनीहरुको आँखाको सोमबार आर एम केडिया आँखा अस्पताल परवानीपुरमा निःशुल्क शल्यक्रिया गरिने शिविर आयोजक संघका पर्सा जिल्ला संयोजक हासिम अहमदले जानकारी दिए ।

हेरौं थप तस्बिरहरु⇓

 

तस्बिर स्रोत अहमदिया संघ नेपाल, काठमाडौँ