• बैशाख १६ २०८२, मंगलवार

एमाले जिल्ला अधिवेशन: सर्वसम्मत नेतृत्व चयन भएका अध्यक्ष (सूचीसहित)

पुष २४ २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशनहरुबाट सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।

सबैभन्दा धेरै लुम्बिनीबाट शनिवार साँझसम्म ६ जिल्लाका अध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् ।
हालसम्म सर्वसम्मत अध्यक्ष निर्वाचित भएकाहरु यस प्रकार छन् ।

प्रदेश १
१ः झापा–दिपक कार्की
२ः मोरङ–ऋषिकेश पोखरेल
३: खोटाङ – रामप्रसाद दंगाल

वागमती
१ः धादिङ–भुमि त्रिपाठी
२ः काभ्रेपलाञ्चोक–अशोक ब्यान्जु
३ः भक्तपुर–बचन देउजा

लुम्बिनी
१ः पाल्पा–धनेन्द्रराज घिमिरे
२ः गुल्मी–बालकृष्ण काउछा मगर
३ः अर्घाखाची–पिताम्बर भुसाल
४ः बाँके–किस्मत कुमार कक्षपति
५ः बर्दिया–लालवहादुर श्रेष्ठ
६ः दाङ–हुकुम बहादुर बस्नेत

कर्णाली
१ः डोल्पा–शेरवहादुर बुढा
२ः सल्यान–गोविन्द पुन मगर

गैर भौगोलिक जिल्ला
१ः मजदूर विशेष–जितेन्द्र श्रेष्ठ
२: पेशागत विशेष जिल्ला कमिटी– उमेश ढकाल

यस्तै चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।