• बैशाख १५ २०८२, सोमबार

अध्यक्ष प्रचण्डलाई कोरोना सङ्क्रमण

पुष २४ २०७८, शनिबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण भएको छ । शुक्रबार साँझ परीक्षण गर्दा अध्यक्ष प्रचण्डलाई कारोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

प्रचण्ड अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।