• बैशाख १६ २०८२, मंगलवार

गृह मन्त्रालयको चेतावनी: बिना अनुमति अनलाइन/नेटवर्किङ व्यवसाय गरे कारबाही

पुष २३ २०७८, शुक्रबार

काठमाडौं । गृह मन्त्रालयले इजाजत नलिई अनलाइन र नेटवर्किङ व्यवसाय सञ्चालन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रवार गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत बिना अनुमति विद्युतीय कारोबार फस्टाउँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका छन् ।

गैर कानुनी रूपमा सञ्चालित अनलाइन मार्फत गरिने व्यवसाय, बैङ्किङ, सहकारी, बिमा र अनलाइन गेमिङ बारे निगरानी र नियन्त्रण गरिने जानकारी दिँदै मन्त्रालयले भनेका छ–‘इजाजत प्राप्त बाहेक गैर कानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ ।’

काठमाडौं । गृह मन्त्रालयले बिना अनुमति अनलाइन/नेटवर्किङ व्यवसाय सञ्चालन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गृहले इजाजत नलिई अनलाइन र नेटवर्किङ व्यवसाय सञ्चालन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।