काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार अर्थात् पुस २५ गते भारत भ्रमणमा जाने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलका अनुसार प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जान लागेका हुन् ।