• मंसिर १३ २०८१, बिहीबार

बुस्टर डोज खोप अभियान स्थगित

पुष २० २०७८, मंगलवार

काठमाडौं । सरकारले मंगलबार सुरु गरेको बुस्टर डोज खोप अभियान स्थगित गरिएको छ । सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई बुस्टर डोज खोप अभियान सुरु गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या बुस्टर डोज खोप अभियान मंगलबार विज्ञप्ति जारी गरी थप छलफल गरी फेरि अभियान सञ्चालन गरिने भन्दै हालका लागि अभियान स्थगित गरिएको बताएको छ।

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।