• बैशाख १४ २०८२, आईतवार

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकालसहित पाँच जनाविरुद्ध राजस्व छलीको मुद्दा

पुष २० २०७८, मंगलवार

काठमाडौँ। ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालसहित पाँच जनाविरुद्ध राजस्व छलीको मुद्दा दर्ता भएको छ।

राजस्व अनुसन्धान विभागले मंगलबार ढकालसहित पाँच जनाविरुद्ध एक अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा आज मुद्दा दायर गरेको हो।

विभागले शोभाकान्तसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ विगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र ३ वर्ष जेल सजाय गर्न माग गरेको छ।

उनीहरू संचालक रहेको आनसान इन्टरनेशनल प्रा.लि.ले राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरू तयार गरी कारोबार नै नभएको देखाई अर्थात कारोबार शुन्य देखाई कर नतिरी राजस्व चुहावट गरेको विभागले जनाएको छ।

राजेश्वर श्रेष्ठ संचालक रहेको लेखापरीक्षक तथा लेखापरिक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीले उक्त कार्यमा सहयोग गरेको विभागको दाबी छ। ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा विशेष अदालतको आदेशमा ढकाल दम्पती हाल थुनामा छन्।