• बैशाख १३ २०८२, शनिबार

श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ

पुष १९ २०७८, सोमबार

रुकुम पश्चिम। रुकुम पश्चिममा श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ परेका छन् ।

बाँफिकोट गाउँपलिका-९ की २६ बर्षीया कमला खनालकाे हत्या आराेपमा उनका श्रीमान् दिपक भनिने दलजित खनाल पक्राउ परेका हुन् ।

गत शुक्रवार राति आफ्नै काेठामा झुण्डिएकाे अवस्थामा कमलाकाे शव फेला परेकाे थियाे ।

दुवैजना बीच विवाद बढ्दै जाँदा दीपकले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भि अनुसन्धानबाट खुलेको छ।

जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।