• बैशाख १३ २०८२, शनिबार

पाल्पामा बस दुर्घटना : सात जनाको मृत्यु, ८ घाइते

पुष १८ २०७८, आईतवार

पाल्पा। पाल्पाको लघुवामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी ७ जनाको घटना स्थलमा मृत्यु भएको छ भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको छ। बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको हो।
बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन्।  उद्धारकार्य अहिले पनि जारी छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।