• मंसिर १२ २०८१, बुधबार

हिउँले सेताम्य म्याग्दीको गुर्जाखानी

पुष १४ २०७८, बुधबार

बेनी । देशभर परेको वर्षात र हिमाली क्षेत्रमा परेको हिउँका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।

हुम्ला, डोल्पा, म्याग्दी तथा पूर्वका ताप्लेजुङ लगायतका जिल्लाहरुमा परेको हिउँका कारण त्यहाँको जनजीवन कष्टकर बनेको समाचारहरु आइरहेका छन् ।

घाम नलाग्दा मानिस तथा पशुपञ्छीहरुलाई दैनिक जीवनयापन गर्न कठिन भइरहेको छ । यसैबीच म्याग्दीको उत्तरी क्षेत्र गुर्जामा पनि हिमपात हुँदा त्यहाँको जनजीवन प्रभावित भएको समाचार छ ।

विदेशीहरु पनि नेपालमा आएर हिउँमा रमाउने गर्दछन् भने नेपालीहरु पनि हिउँमा खेल्न निकै रमाइलो मान्दछन् ।

हिउँ पर्दा कतै मानिस तथा जीवजन्तुको जीवन कष्टकर बनेको हुन्छ भने कतै भने हिउँमा खेल्नेहरुका लागि रमाइलो अवसर जुरेको जस्तो बन्न जान्छ । यस्तै छ, हिउँ पर्ने मौसमको कथा ।

तस्विर : रुपेश सुवेदीको फेसबुक वालबाट ।