काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ पुगेको छ ।
यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यसैगरी चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।