• बैशाख १२ २०८२, शुक्रबार

मैले एमसिसी राष्ट्रघाती देखेको छैन : प्रम देउवा

पुष ११ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) राष्ट्रघाती नभएको बताएका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिने क्रममा मुख्य अतिथिका रुपमा बोल्दा देउवाले उक्त कुरा बताएका हुन् ।

पहिले पनि आफ्नो एकैखाले धारणा राख्दै आएका उनले एमसिसी राष्ट्रघाती भएको नदेखेको कुरा अहिले पनि दोहर्याएका छन् । बोल्ने क्रममा उनले शान्ति प्रक्रियाका केही कुरा र प्रक्रिया बाँकी रहे पनि त्यसलाई पूरा गरेर जाने प्रतिबद्धता जनाएका छन् ।

हालको पाँच पार्टीको गठबन्धन र सरकार चुनावसम्म रहने पनि उनले दाबी गरे ।