• बैशाख १२ २०८२, शुक्रबार

गृहमन्त्रालयमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सुरक्षाका विषयमा छलफल

पुष ११ २०७८, आईतवार

काठमाडौं ।  सरकारले मुलुकमा आसन्न राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षाको तयारी सुरु गरेको छ ।

गृहमन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षाका बिषयमा छलफल भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा सुरक्षाका बहुआयामिक आयाम सवैको व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

बैठकमा मुलुकका सवै सुरक्षा निकायका प्रतिनिधि तथा मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।