• मंसिर १३ २०८१, बिहीबार

सुनचाँदीको मूल्य स्थिर

पुष ११ २०७८, आईतवार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।