• बैशाख ११ २०८२, बिहीबार

भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा पनि

पुष ९ २०७८, शुक्रबार

काठमाडौँ। भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा पनि परेकी छन् ।

रेप्युटेशन टुडेले हालै सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा देवयानीसमेत परेकी हुन् । उक्त सूचीको ४६औं स्थानमा रहेकी उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छिन् ।

यही असार महिनामा कोकाकोलाले देवयानीलाई भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिला हेर्ने गरी उपाध्यक्षमा नियुक्त गरेको थियो । ४७ वर्षीया देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी हुन् ।

लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेकी देवयानीसँग संयुक्त राष्ट्रसंघीय विकास नियोग लगायत विभिन्न संस्थामा काम गरेको अनुभव छ ।

भारतका १०० महत्वपूर्ण व्यावसायिकको सूचीको शीर्ष स्थानमा रिलायन्ट इन्डस्ट्रिजका रोहित बन्सलको नाम छ । रोहित बन्सल विगत सात वर्षदेखि भारतको सबैभन्दा मूल्यवान् कम्पनीको कोर्पोरेट कम्युनिकेसन्स समुहको प्रमुख रहँदै आएका छन् ।