काठमाडौँ। राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै आज सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शर्मालाई वोर्डको अध्यक्षमा नियुक्त गरिएको जानकारी दिए । शर्मा यसअघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन्।
त्यसैगरी सरकारले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यस्तै सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ ।
प्रवक्ता कार्कीका अनुसार सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति दिने, जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय भएको छ ।
सँगै सरकारले हुलाक वस्तुको महसुल दर पुनरवलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा (ईएमएस)को महसुसल पुनरवलोकन गर्ने निर्णयसमेत गरेको छ ।