• बैशाख ११ २०८२, बिहीबार

गरिबसँग देश बनाउने योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

पुष ८ २०७८, बिहीबार

तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै युवा राजनीतिमा आउनुपर्ने बताएका छन् ।

तुलसीपुरमा आज भएको आमसभामा उनले अहिलेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

अहिलेको निर्वाचन प्रणाली पनि निकै खर्चिलो भएको भन्दै यसमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।

“संसद्को चुनाव लड्नुपर्दा हामी जस्ता केही मान्छे झुक्किएर आएका छौँ । गरिबको छोरासँग जस्तोसुकै देश बनउने योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन”, उनले भने, “करोडौँ खर्च गर्नुपर्ने अवस्था छ ।”