• मंसिर १३ २०८१, बिहीबार

नेपालमा थप एक जनामा ओमिक्रोन पृष्टि

पुष ८ २०७८, बिहीबार

काठमाडौँ। नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएको छ । ५८ वर्षीय पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनले संक्रमित व्यक्ति ओमिक्रोन फैलिएको देशबाट आएको भए पनि कुन देशबाट आएकाे भन्ने खुलाएननन्।

उनले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहनुका साथै मन्त्रालयको निगरानीमा रहको जनानकारी दिए ।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।