• फाल्गुन २८ २०८२, बिहीबार

खुला केन्द्रीय सदस्यको मत गणना सकियो, देउवा पक्षको अग्रता

पुष ४ २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले अग्रता लिएको छ ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा शशांक कोइरालाले मत पाएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।

नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो । मत गणना सकिए पनि रुजुको काम नसकिएकाले निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गरिसकेको छैन ।